३० चैतच, काठमाडौं । कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूलबजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणा ज्यूको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको प्रमुख आतिथ्यमा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत आमन्त्रित अतिथि गणको उपस्थितिमा सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत त्तच् भुक्तानीगर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ । “यस त्तच्प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकमजम्मागर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन ”, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी गराए ।
क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँचदिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको छ । हालसम्म यस बैंकले ८००० भन्दा बढी व्यापारीहरु ँयलभउबथत्तच् डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराईसकेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९३शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथाउत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।





