स्वास्थ्य

आज कोरोनाका कारण १२९ जनाको निधन, थपिए ८ हजार ९८० जना कोरोना संक्रमित

८ जेठ, काठमाडौं । पछिल्लो द्द४ घण्टामा १२९ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । यसै समयमा ८ हजार ९८० जना कोरोना संक्रमितहरु थपिएका छन् । अहिलेसम्म नेपालमा कोरोनाका कारण निधन हुने ६१ सय ५३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२० हजार १०५ जनाका कोरोना परीक्षण गर्दा आजका संक्रमितहरु थपिएका हुन् । आज कोरोना संक्रमण जितेर घर फर्किनेहरु ८८ सय ४८ रहेका छन् ।