स्वास्थ्य

कोरोनाबाट १८५ जनाको निधन, ७ हजार ४२५ जना थपिए संक्रमित

१० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमणका कारण निधन भएका छन् ।

२० हजार ४५३ जनामा कोरोना परीक्षण गर्दा ७ हजार ४२५ जना संक्रमित थपिएका छन्।

यसै समयमा ७ हजार १३५ जनाले कोरोना जितेर घर फर्किएका छन्। हालसम्म कोरोना संक्रमणका कारण निधन हुनेको संख्या नेपालमा ६५ सय ३१ पुगेको छ ।