स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुने ११६, निको हुने ६०८० र संक्रमित थपिए ४४८७ जना

१५ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण आज ११६ जनाको निधन भएको छ । नेपालमा हालसम्म कोरोनाका कराण निधन हुनेको संख्या ७१ सय ६३ जना पुगेको छ । आज कोरोना संक्रमितहरु ४४ सय ८७ थपिएका छन् । कोरोना जितेर घर फर्किनेहरु ६ हजार ८० जना रहेका छन् ।
कोरोना परीक्षण प्राय देनिक २० हजारको हाराहारीम भएपनि आज भने १४ हजार ७५२ जनामा भएको थियो ।