आर्थिक

एनएमबि बैंकको खाता connectIPSमा अन्लाईन भेरीफाई गर्न सकिने

१७ जेठ, काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता  connectIPS मा link गरी अन्लाईनबाटै self-verify गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ । यस सुविधा सँगै बैंकका ग्राहकहरुले connectIPS मा link गरिएको खाता भेरीफाई गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अन्लाईनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरु मार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्ति connectIPS को प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अन्लाईन सुविधाको थालनीले बैंकका ग्राहकहरुलाई हालको लकडाउनको अवस्थामा थप सहज हुने विश्वास गरिएको छ ।

अन्लाईन self-verify गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रतिमहिना रु १० लाख सम्मको कारोबार सीमाप्रदान गरेको छ भने connectIPS मा रहेको पूर्ण कारोबार सीमाको लागिभने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरीफाई गराउनु पर्ने हुन्छ ।

यसरी अन्लाईनबाट self-verify गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरु, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ । अयललभअतक्ष्एक्मा हाल ५४ बैंक वित्तिय संस्था सदस्य रहेका छन् ।

बैंक खाता लिन्क गरी अन्लाईन self-verify कसरी गर्ने:
१. connectIPS Link  मा Account”option भित्र आवश्यक विवरण दखिला गरी खाता लिन्क गर्ने
२. “Manage Account” भित्र लिँक गरिएको खातामा “Self-Verify Account” मा क्लिक गर्ने
३. रजिष्टर गरिएको मोबाईल नम्बरमा प्राप्त OTP (One-Time Password) दखिला गर्ने
४. अन्लाईन लिन्कगर्न खोजिएको खातामा जम्मा भएको दुइवटा रकमहरु दखिला गरी प्रकृया पूरा गर्ने
५. अब लिन्क गरिएको खातामार्फत मोबाईल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अन्लाईन self-verify प्रकृयाको लागिभने ग्राहकले connectIPS मा रजिष्टर गरेको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर भने एउटै हुनुपर्ने हुन्छ । self-verify गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तिय संस्थाले उपलब्ध गराएको सीमा फरक हुन सक्दछ ।