२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आज निधन भएकालाई जोड्दा कोरोनाबाट नेपालमा निधन हुनेको संख्या ७७ सय ३१ जना पुगेको छ ।
आज कोरोना संक्मितहरु ६६ सय ५३ जना थपिएका छन् भने कोरोना जित्नेहरु ८६ सय ६३ पुगेका छन्। आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या धेरै छ । आज २० हजार ८१३ जनामा कोरोना परीक्षण गरिएको अवस्था छ ।





