२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६८ जनाको निधन भएको छ । आजै ५०४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
१६ हजार ८१४ जनामा कोरोना परीक्षण गर्दा उक्त संक्रमण पुष्टी भएको हो । आज ८ हजार ३४२ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ सय ९९ पुगेको छ ।





