२९ जेठ, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले बागमती प्रदेश सभासद नरोत्तम वैद्यले अचानक संघीय सरकारका प्रमुख खड्गप्रसाद शर्मा ओलीका बिरूद्ध बिद्रोहको आगो उकेलेको बताएका छन् । उनले यो नरोत्तमको आक्रोश थियो, अपराध होइन । प्रधानमन्त्री आलीले देश असंबैधानिक हिसावले चलाउन खोजेका छन्, त्यो सन्दर्भमा नरोत्तमको भनाइ आक्रोश मात्र भएको दाबी गरेका छन् ।
बाग्मती प्रदेश साँसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै त्यसका बिरुद्ध आफू नाथुराम बन्न तयार रहेको भन्दै दिएको अभिब्यक्तीप्रति बिभिन्न टिकाटिप्पणी भईरहेका बेला राजनीतिक बिश्लेषकसमेत रहेका किशोर नेपालले बैद्यको अभिब्यक्ती आक्रोस भएको टिप्पणी गरेका हुन् ।
बरिष्ठ पत्रकार नेपालको ट्वीटः बागमती प्रदेश सभासद नरोत्तम वैद्यले अचानक बिद्रोहको आगो उकेले संघीय सरकारका प्रमुख खड्गप्रसाद शर्मा ओलीका बिरूद्ध । यो नरोत्तमको आक्रोश थियो, अपराध होइन । प्रधानमन्त्री आलीले देश असंबैधानिक हिसावले चलाउन खोजेका छन्, त्यो सन्दर्भमा नरोत्तमको भनाइ आक्रोश मात्र हो ।






