१३ असार, काठमामडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधूरा स्थित आफनो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदम राज पन्तको मृत्यू दावी भूक्तानी गरेको छ ।
स्व.पदम राज पन्तले सन २०२१ फेब्रुवरी २२ मा रु.७० लाखको दोहोरो दूर्घटना लाभ सहितको १५ वर्षे अमृत साबधिक जीवन वीमालेख खरीद गर्नूभएको र सन २०२१ मार्च ६ मा निजको जिप दूर्घटनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत एक करोड २४ लाख ४८ हजार स्व.पन्तको इच्छाइएको व्यक्ति निजको श्रीमती बिमला देबी पन्तलाई भूक्तानी गरेको हो ।
उक्त रकम शैल्य शिखर नगरपालिका का नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेलधूरा शाखा प्रमूखले चेक हस्तान्तरण गरे ।





