१३ असार, काठमामडौं । ज्योति विका सबैंक र सिप्रदि ट्रेडिङ बीचटाटा ब्राण्डका पिक अपर कार्गोगाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएकोछ। सम्झौताअन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिक अपरकार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७०प्रतिशत सम्म कर्जाप्राप्त गर्नेछन्।
सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे।
यस सम्झौतापश्चात ज्योति विकास बैंकबाट टाटाब्राण्डका पिकअपर कार्गो गाडि ग्राहकवर्गहरुलाई ७० प्रतिशत सम्म कर्जासहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका१०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।
गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवा ग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्री पश्चातको सेवा दिंदै आएकोछ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टरतथा ६१ ब्त्ः वटामार्फत सेवा उपलव्धग राउँदै आईरहेको छ।





