१४ असार, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७८ असार १४ गते हस्ताक्षर गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।





