१५ असार, काठमाडौं । कामना सेवा विकास बैंकका एकैदिन २ वटा शाखा समुद्घाटन भएका छन् । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा यही असार १५ गते आफ्नो १२६औं र १२७औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका अध्यक्ष सुदिप आचार्यज्यूले उक्त शाखाहरुको समुद्घाटन गरेका थिए।
उक्त समुद्घाटन समारोहमा बैंकका संचालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित भएका थिए भने अन्य सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ ।
यससंगै अब बैंकले १२७ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा ATM मार्फत ग्राहक महानुभावहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले हालको विषम परिस्थितिमा समेत Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता Digital माध्यमबाट ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।





