आर्थिक

एनआईबीएल सहभागीता फण्डको “Corporate Payroll SIP” अन्तर्गतको सम्झौता पत्रमा हस्ताक्षर

१७ असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगका योजनाहरुको योजना व्थवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा के.फ.सी., पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लि बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तग सञ्चालित एनआईबीएल सहभागीता फण्डको “Corporate Payroll SIP” अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता पत्रमा एक समारोह बिच हस्ताक्षर भयो ।

यस योजना अन्तर्गत, देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको अन्तर्गत लगानी गर्ने छन् ।

उक्त सम्झौतामा देवयनी इन्टरनेसनल नेपालका तर्फबाट कम्पनिका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक श्री सचिन्द्र ढुंगानाले मिति २०७८ असार १५ गते मंगलबारका दिन हस्ताक्षर गरेका छन् ।