पु.समाचार

गिरिजाबाबुको ९८ औं जन्मजयन्तीमा रक्तदान कार्यक्रम सम्पन्न

२१ असार, वीरगंज । जी।पी कोईरनला फाउण्डेशन पर्साले नेपालका पुर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्त दान जीवन दान भन्ने उद्देश्यले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्मोत्सवको अवसरमा अकासमिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा एक महिला सहित ६० जनाले रक्तदान गरेका हुन्।

कोरोना महामारीका कारण ब्लड बैंक वीरगंज शाखामा रगत अभाव भएकोले जन्मोत्सवको अवसर पारेर अकास्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको फाउण्डेशन पर्साका सह सचिव मिन्टु देवि सिंहले बताईन् ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले श्रीमती नजमा बेगमलाई ब्लड पाउच दिएर कार्यक्रमको उद्घाटन गरेका थिए।

रक्तदान कार्यक्रमको अध्यक्षता फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गरेका थिए भने प्रमुख अतिथि वीरगंज महानगर पालिकाको उप प्रमुख शान्ति कार्की प्रमुख अतिथि रहेका थिए । अतिथिमा नेपाली काँग्रेस पर्साका उपसभापति दिना प्रसाद गुप्ता, प्रकास उपाध्याय,वीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल, श्याम कुमार पोख्रेल, नरेन्द्र साह, विजय पौडेलको आतिथ्यमा फाउण्डेशनका सन्तोष सिहं, दिलिपराज कार्की,जितेन्द्र सिहं, मेहबुब अली (शेरु) हाजी शोहेल अख्तर अंसारी, हुकुम सिहं, शेख नेजामुदिन , भैयाराम पटेल,पुरुषोतम दुवे, सदिप कुमार केवट, सुरेश श्रीवास्तव,मोहन पटेल, मोहम्मद सलाउदिन, समिर खान, सहजाद हवारी, साहलि मंसुरी,वहाब अंसारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन पर्साका सचिव लालकिशोर सिहले गरेका थिए ।