२२ असार, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित भवन देखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको छ ।
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।
Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।





