२७ असार, काठमाडौं । आरविवि म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । प्रति इकाई मूल्य १० दरको १० करोड इकाई मध्ये बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा दुई प्रतिशत इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा १५ प्रतिशत इकाई सुरक्षित राखि बाँकी न्यूनतम आठ करोड पचास लाख इकाई मिति २०७८ असार २३ गते बुधबार देखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा आवेदकहरुबाट माग गरे भन्दा बढी इकाई खरीदका लागि आवेदन प्राप्त हुन आएकोले आज मिति २०७८ असार २७ गते सो इकाईका लागि आवेदन लिने कार्य बन्द गर्न लागिएको क्यापिटलले जनाएको छ ।
यस निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले यसै सूचनालाई आधिकारिक मानी इकाईका लागि दरखास्त बुझिलिने कार्य आज मिति २०७८ असार २७ गते बन्द गर्नुहुन समेत क्यापिटलले अनुरोध गरेको छ ।
यस इकाईहरु निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुक, लगानीकर्ता आवेदकहरु सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा क्यापिटलले धन्यवाद ज्ञापन समेत गरेको छ ।





