प्रदेश 1

तरुण अध्यक्ष गुरुङले दिए देश चलाउने जिम्मेवारी पाएकामा देउवा, खाँण र कार्कीलाई बधाई !

३० असार, काठमाडौं । नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले नबनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण एबम् कानून न्याममय तथा संसदीय ब्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई बधाई दिएका छन् ।
बहुमत पुग्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेपछि सर्बोच्च अदालतको आदेशले प्रधानमन्त्री बन्न पुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई काँग्रेस महासमिति सदस्यसमेत रहेका गुरुङले बधाई दिएका हुन् ।
उनले तरुण दलका संस्थापक अध्यक्षसमेत रहेका बालकृष्ण खाँणसँग नेपाली जनताले धेरै आशा राखेको भन्दै केन्द्रीय सदस्यसमेत रहेका नेता खाणले शान्तिसुरक्षालगायतका क्षेत्रमा ठूलै काम गर्न सक्ने बिश्वास रहेको सुर्यखबरलाई बताए ।
सुनसरी जिल्लमा युवाहरु परिचालनलगायतमा जिल्ल सभापति राजीव कोईरालासँग सकृय भएर प्रभावकारी रुपमा हिँडेका गुरुङ पछिल्लो समयमा झनै लानेकप्रीय बन्दै गएको स्थानीय काँग्रेसका युवाहरु बताउछन् ।
कतिपय नेताहरु बधाई दिन काठमाडौं आईसकेका छन्  सुनसरीमा मै भएपनि युवा नेता गुरुङले आफ्नो पार्टीबाट प्रधानमन्त्री, गृहमन्त्री, कानून मन्त्री बनेका नेतात्रयलाई बधाई दिएका छन् ।