३ साउन, काठमाडौं ।सिभिल बैंकले सार्वजानिक निष्काशन गर्न लागेको एक हजार अंकित दरको ३० तीस लाख कित्ता “९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८” को प्रत्याभूती गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटलले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम आज प्रत्याभूती सम्झौतापत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानीकोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका छन् ।
जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् । प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटलले ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।
सिभिल बैंकले ग¥यो हेल्भेटास नेपाल, क्षिरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल वीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न
सिभिल बैंक लिमिटेडले कोभिड–१९ प्रभावित विपन्न समुदायको लागि मानवीय सहयोग कार्यक्रम सरोकारवालाहरु हेल्भेटास नेपाल, क्षिरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालसंग आज एक कार्यक्रमबिच सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
कोभिड–१९ को पहिलो लहरले स्वास्थ्य तथा आर्थिक रुपमा कठिनाई भोगिरहेका डोम, चमार र मुसहर जस्ता विपन्न समुदाय पुनस्र्थापित र तङ्ग्रीन लागि रहेको अवस्थामा पुनः दोश्रो लहरले थप कष्टकर बनायो । कोभिड –१९ ले कतिपय जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्नुको साथसाथै दैनिक ज्याला मजदुरी गरी घर खर्च चलाउनु पर्ने समुदायलाई आधारभूत सेवा सुविधाहरुको पहुँचमा समेत कमी हुन आएको छ । त्यसले पारेको प्रभावलाई न्यूनीकरण गर्ने अभिप्रायबाट हेल्भेटास नेपाल र स्वीस सोलिडारिटीले कोभिडबाट प्रभावित क्षिरेस्वरनाथ नगरपालिकाका अति विपन्न समुदाय ९मुसहर, चमार र डोम०का आधारभूत आवश्यकतालाई सम्बोधन गर्नका लागि र तिनै विपन्न घरपरिवारको जीविकोपार्जनमा तत्काल टेवा पुर्याउने उद्देश्यले क्षिरेश्वरनाथ नगरपालिकामा छनौट भएका १२५० घरधुरीलाई जिविकोपार्जनमा तत्कालका समस्या सम्बोधन गर्नका लागि अनुदान सहयोग प्रति घरधुरी रकम २० हजार का दरले भुक्तानी गर्ने कार्यमा संलग्न रहने छ ।
सिभिल बैंकले छनौट भएका लाभान्वित परिवारहरु खास गरी महिला सदस्यहरुको लागि वहाँहरुको घरदैलो मै गई सहज रुपमा व्यक्तिगत बैंक खाता खोल्न सहयोग गरी नगद रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाउने छ । साथै बैंकले उक्त समुदायमा बैंकिङ प्रणाली तथा वित्तिय साक्षरता सम्वन्धित अभियान पनि संचालन गरिने बताएको छ ।





