आर्थिक

नेपाल आयल निगमको SAP संचालनमा , डिजिटल भुक्तानी प्रणाली पनि जोडियो

११ श्रावण, काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको क्ब्ए प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ । यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्टआइपिएस (वेब , मोबाईल एप तथा गेटवे), कर्पोरेट्पे तथा बैंक वित्तिय संस्थाहरुको शाखा मार्फत् निगमलाई अन्लाईन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै निगमको ने.३.९७ अर्ब बराबरको भुक्तानी संकलन भएको छ ।
विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात क्ब्ए प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ र यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसीएचएलको प्रणाली मार्फत अन्लाईन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ । यस सँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अन्लाईन मार्फत् गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको छ । यसरी निगमबाट गरिएको पहल निकै सर्हानीय रहेको र यसले निगमको कार्यकुशलता र पारदर्शीतामा समेत विशेष टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
डिलर पार्टनर ले निगम लाई कसरी भुक्तानी गर्ने ?
१) डिलरले आफ्नो बैंक÷वित्तिय संस्थालाई भुक्तानी आदेश सँगै आफ्नो ”Customer ID” र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।
२) बैंक÷ वित्तिय संस्थाले उक्त जानकारी अनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएकोे प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन्
३) यसरी शाखाबाट रु १० लाख सम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार रु १ करोड सम्म तथा नन् रियल–टाइममा रु २० करोड सम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
४) त्यसै गरी डिलरहरुले निगमलाई भुक्तानी गर्न www.connectips.com, यसको मोबाईल एप, तथा डिलरकोCorporatepay पोर्टलमा जोडिएको कनेक्टआइपिएस(गेटवे) मार्फत पनि अन्लाईन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।
एनसीएचएलको ConnectIPS मा हाल ५४ भन्दा बढी बैंक वित्तिय संस्थामा फण्ड ट्रान्स्फर तथा अन्य विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । त्यसै गरी NCHL-IPs मा ६२ र Corporatepay मा ३० बैंक वित्तिय संस्था आबद्ध रहेका छन् । डिजिटल भुक्तानी प्रणालीहरु मार्फत एनसीएचएलले सरकारी, अर्ध सरकारी लगायतका विभिन्न निकाय तथा संस्थाहरुलाई डिजिटलाईजेसनमा जोडिन आवश्यक सहायता गर्दै आएको छ ।
नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगम, देशमा पेट्रोलियमजन्य पदार्थ आयात गर्ने, भण्डारण गर्ने तथा वितरण गर्ने एक मात्र निकाय हो । सन् १९७० मा स्थापना गरिएको निगमले झण्डै एक वर्ष लामो प्रयास पछी क्ब्ए को सफल कार्यान्वयन गरेको हो र यस कदमले निगमको व्यवस्थापन तथा प्रशासनमा नयाँ आयम ल्याउने विश्वास गरिएको छ ।