स्वास्थ्य

कोरोनाका कारण २२ जनाको निधन, ३६ सय ५१ थपीए संक्रमीत

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३६ सय ५१ जनामा कोरोना संक्रमण भेटिएको छ । आज कोरोना संक्रमणका कारण २२ जनाले ज्यान गुमाएका छन् ।
आज १६ हजार ५९४ जनामा कोरोना परीक्षण गर्दा उक्त संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । आज १७ सय ८४ जनाले कोरोना जितेर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण अहिलेसम्म निधन हुनेको संख्या १० हजार ११५ रहेको छ ।