आर्थिक

कामना सेवा विकास बैंकको पुनःनिर्मित डुम्रे शाखा कार्यालयको समुद्घाटन

३१ साउन, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला वन्दीपुर गाउंपालिका वडा नं १ डुम्रे स्थित शाखा कार्यालय ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि आज को दिन बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा समुद्घाटन गरे ।

Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।