१ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ्ग पहुंच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा
संलग्न उद्यमीहरुलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।
त्यस्तै, अपांगता भएका व्यक्तिहरुले व्यवसायिक कर्जा लिन चाहेमा विषेश सुविधासहित कर्जा उपलब्ध गरिने पनि समझदारीपत्रमा उल्लेख छ । हस्ताक्षर कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्यहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेका थियो ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँग समन्वय गरी यस्ता कार्यक्रम तथा योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७
शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढिग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ को अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।





