४ भदौ, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । Near Field Communication (NFC) मा आधारित उक्त कार्ड NFC युक्त अर्थात ट्याप सुविधा भएको एइक् मेसिनहरुमा प्रयोग गरी ग्राहकहरुले भुक्तानी गर्न सकिने सुबिधामा आधारित POS सुबिधा ल्याएको हो । यस प्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट POS मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुले ब्यक्तिगत दुरी कायम गर्न सहज हुनेछ । हाललाई यस प्रबिधि मार्फत ग्राहकहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्ने बैकले जनाएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । साथै, आफ्नो ग्राहक महानुभावहरुलाई प्रविधिमैत्री सेवा तथा सुबिधा उपलब्ध गराउने क्रममा यस बैंकले नयाँ नयाँ प्रविधिको प्रयोग गरी एप तथा वेवबाट प्रयोग गर्न सकिने मोबाईल बैंकिङ्ग, संस्थागत ग्राहकहरुलाई लक्षित गरी इन्टरनेट बैंकिङ्ग, १०० भन्दा बढि स्थानहरुमा छुटको ब्यवस्था सहितको डेबिट तथा क्रेडिट कार्ड, अन्र्तराष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरु जस्तै मार्फत सामान तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने eCom प्रिपेड कार्ड तथा अन्य ग्राहक मुखी सेवा तथा सुबिधाहरु मार्फत बैंकिङ्गको परिस्कृत अनुभव ग्राहक महानुभावहरु बिच ल्याइरहेको छ ।





