४ भदौ, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रा. लि. सँग २०७८ साल भाद« ०४ गते शुक्रवार सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङ प्रा. लि. बाट ग्राहकहरुले त्ब्त्ब् ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशत सम्म कर्जा प्रवाह गरिने छ ।
देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. का सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।





