११ भदौ, काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गईरहेको छ । यसै अवशरमा विश्वमा फैलिरहेको महामारी कोरोना भाईरसले गर्दा गत वर्षमा जस्तै भौतिक दुरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न हामीले सम्पुर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहनुहुने सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्ने बिकास बैंकको दाबी छ ।
प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने बैंकले नियम बनाएको छ । तीज पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट नगर्ने बताईएको छ । यस प्रतियोगिताको विजेताले रु ९,००० उप–विजेताले रु ६,००० र तेस्रो हुनेले रु ३,००० जित्नुहुनेछ भने एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु २,००० जित्नेछन् । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ । हामीले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई हाम्रो फेसबुक र बेबसाईटमा राखेको छौं । ईच्छुक महिला टिकटकरहरुले मिती ः २०७८–०५–१० गते देखि २०७८–०५–२४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा ३न्बचष्mबत्भभवपयबिजबच र ३न्बचष्mबदष्पबकदबलप ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन् ।





