आर्थिक

गरिमा विकास बैंकका ग्राहकलाई प्रत्यारोपण गर्दा ४०प्रतिशत सम्मको छुट

१३ असोज, काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्ने छन्: हेयर ट्रान्सप्लान्ट, २५ देखि ४० प्रतिशत सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्ट, ३० प्रतिशत, हेयर फल ट्रिटमेन्ट, २५ प्रतिशत, डेन्टल ट्रिटमेन्ट, २० प्रतिशत, ल्याब ईन्भेस्टिगेसन, १५ प्रतिशत ।