स्वास्थ्य

कोरोना अपडेटः १३ को मृत्यु, ७७६ जना थपीए संक्रमित

८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको निधन भएको छ । आजका मृतकपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ ।
आज १० हजार ८६४ जनामा कोरोना परीक्षण गर्दा ७७६ जना संक्रमित थपीएका छन् ।
अघिल्ला दिनमा भन्दा संक्रमित र मृतक संख्या आज ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ७७६ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ८६४ जनाको परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३६० जना रहेका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १४ छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८।५ प्रतिशत छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र छ । पछिल्लो २४ घण्टामा ५०१ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८८ हजार आठ सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।३ प्रतिशत छ ।

आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ३६१ जनाको मृत्यु भएको छ । होम आइसोलेशन नौ हजार ६१७, संस्थागत आइसोलेशनमा ७४३, सघन उपचार कक्षमा २५४ र भेन्टिलेटरमा ७४ जना छन् । आज नै ५७ हजार ६१० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८६ लाख २१ हजार ४४९ पहिलो मात्रा र ६६ लाख ४७ हजार ३३२ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।