अन्तर्राष्ट्रिय

अफगानिस्तानमा संकटः भोक मेटाउन ५ सय डलरमा सानी छोरी बेचेपछि 

९ कार्तिक, एजेन्सी । भनिन्छ नि भोक मेटाउनलाई मान्छेले जस्तोसुकै क्रियाकलाप पनि गर्न सक्छ । यो भनाईलाई पुष्टि गर्छ तालिवानमा भर्खरै भएको एक सत्य घटनाले ।

तालिवानमा एक महिलाले आफ्ना घरका अन्य सदस्यको भोक मेटाउन आफ्नै नवजात शिशुलाई ५ सय अमेरिकी डलरमा बेचेको घटना बिबिसिले सार्वजनिक गरेको छ । अफगानिस्तानमा बिद्रोहि समुह तालिवानीले कब्जा जमाएसंगै मानविय संकट चुलिँदै गएको छ । तालिबानिले सत्ता कब्जा गरेपछि अन्तराष्ट्रिय सहयोग नै बन्द भएको छ जस्का कारण त्यहाँ यतिबेला चरम मानविय संकट उत्पन्न भएको हो ।

विश्वका प्रमुख दाताराष्ट्रले तालिबानी सत्तासँग कस्तो सम्बन्ध राख्ने भन्ने स्पष्ट नपारेकाले पनि अफगानिस्तानमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको छ । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ ।

२ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी समेत छ । त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ ।