९ कार्तिक, एजेन्सी । सैनिक ‘कु’ का विरुद्ध उत्रिएकामाथि प्रहरीले गोलि चलाउँदा सात जनाको मृत्यु भएको छ । सोमबार मात्रै सत्ता पलट गरेको सुडानी सैनिकले चलाएको गोली लागी अन्य १ सय ४० भन्दा धेरै प्रदर्शनकारी घाईते भएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
सेनाले सोमबार अन्तरिम प्रधानमन्त्री अब्दल्लाह हामदोक र अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरेपछि राजधानि खार्तुम सहित अन्य सहरमा हजारौं मानिस बिरोधमा उत्रिएका थिए ।
सत्तापलटको नेतृत्व गरेका जनरल अब्देल फताह अल बुर्हानले लामो समय सत्तामा रहेका ओमर अल बसिर सत्ताच्युत भएपछि गठन भएको सैन्य–नागरिक परिषद विघटन गर्नुका साथै देशभर संकटकाल घोषणा समेत गरेका छन् ।
सुरक्षा बलले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने भन्दै बुर्हानले संकटकाल घोषणा गरेको समाचारमा उल्लेख छ ।





