समाचार

कोरोनाका कारण बन्द लाइसेन्सका लागि नयाँ आवेदन खुल्यो

९ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण गत बैशाखदेखी बन्द सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले कोरोना भाइरस महामारीका कारण विभागले गत वैशाख १६ देखि नयाँ आवेदन लिन बन्द आवेदन आजबाट पुनः खुला गरेको हो ।

कोरोना संक्रमण जोखिम कम भएसँगै सोमबार रातिदेखि नयाँ आवेदन खुला गरिएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिएका छन् ।

सूचना अधिकारी अब नियमित फाराम भर्न सकिने छ । आवेदन विभागको वेबसाइटबाट दिन सकिने छ । यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो ।