काठमाडौं ११ कार्तिक । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
गएको मङ्गलवार बस्ने भनिएको बैठक नेकपा एमालेको पालिका तहको अधिवेशन परेका कारण स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ ।
एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले नटाँसेर पक्षपातपूर्ण व्यवहार गरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।





