आर्थिक

एन आई सी एशियाको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

काठमाडौं ११ कार्तिक । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगालेकी बिजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएकी छिन् ।

बैंकको सञ्चालक समितिको बुधबार बसेको बैंठकले बुधबारदेखी लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छिन् ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनिन कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिईन । बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा बिजया स्वारलाई बैंकले उनको सफल कार्यकालको गरेको छ ।