कृषि

धानबालीमा ठुलो क्षती व्यहोरेका कृषकले अब सरकारबाट ६५ प्रतिशत राहत पाउने

११ कार्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण धानबालीमा ठुलो क्षती व्यहोरेका नागरिकले अब सरकारका तर्फबाट ६५ प्रतिशत राहत पाउने भएका छन् । आज बसेको मन्त्रीपरिषदको बैठकले बेमौसमी बाढी पहिरो पीडितलाई राहत दिने निर्णय गरेसंगै कृषकले ६५ प्रतिशत राहत पाउने भएका हुन् ।

बैठकले धानबालीमा पुगेको क्षतिको मूल्यांकन गरेर राहत वितरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सरकारले बढीमा १० कठ्ठासम्म क्षति पुगेका साना किसानहरुलाई क्षतिको अधिकतम ६५ प्रतिशत, मध्यम अर्थात् ३ विघासम्म क्षति पुगेका किसानहरुलाई क्षतिको २० प्रतिशत र ३ विघाभन्दा माथि क्षति भएका किसानहरुलाई २० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

जसका लागि न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको लागत बराबरको रकमलाई कायम गरिएको छ । राहत उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर ५ दिनभित्र कार्यविधि बनाएर त्यसको स्वीकृतिका लागि पेस गर्नुपर्ने भएको छ ।