स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ५ सय वढी संक्रमीत, ६ संक्रमितको मृत्यु

१२ कार्तिक, काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकमा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ४६ जनामा नमुना परीक्षण गर्दा ५ सय ४९ जनामा कोरोना संक्रमण पाइएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, यस दिन ७ हजार १ सय ४५ जनामा पीसीआर परीक्षण गरिएको थियो भने २ हजार ६ सय १ जनामा एन्टीजेन परीक्षण गरिएको थियो । यससँगै हालसम्म मुलुकभर ९ लाख ६ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रवार ५ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् । यससँगै मुलुकभर हालसम्म ७ लाख ९० हजार ३ सय ५८ संक्रमित निको भएका छन् । निको भएको दरस ९७.३ प्रतिशत रहेको छ ।

आज ६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । हालसम्म २ सय १२ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ । हाल मुलुकमा १० हजार १ सय ५१ सक्रिय संक्रमित छन् ।