स्वास्थ्य

नेपालमा २४ घण्टे कोरोना अपडेटः ३ सय ७२ थपिदा ९ सय वढी निको, ११ को मृत्यु

१३ कार्तिक, काठमाडौं । नेपालमा आज कोरोना संक्रमीत हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ भने ९११ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १२ हजार १९४ पुगेको जानकारी दिईएको हो  ।

७ लाख ९१ हजार २६९ जना संक्रमणमुक्त भएका छन् । यस्तै, कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ छ । यस्तै, २१२ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ४४ लाख १५ हजार ४३ पीसीआर परीक्षण भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।