समाचार

राष्ट्रिय वाणिज्य बैंकमा एकैपटक ८ सय जनाका लागी खुल्यो जागिर

१४ कार्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा एकैपटक ८ सय जनाका लागी जागिर खुलेको छ । बिभिन्न पदमा गरेर बैंकले ८ सय वढी कर्मचारी माग गरेको हो । बिभिन्न १२ पदमा ८ सय जनाकालागी खुलेको आवेदनको फारम भर्ने म्याद मंसिर ५ गतेसम्म रहेको छ । आवेदन अनलाईनमाफर्त सोमबारदेखी भर्न सकिने जनाईएको छ ।

९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । भने २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा) पनि माग गरिएको छ ।

साथै ८४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २ सय जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ ।