समाचार

लोकतन्त्र जोगाउन र कांग्रेसलाई शक्तिशाली बनाउन नेतृत्व परिवर्तन गर्नुपर्छः नेता सिंह

१४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रलाई जोगाईराख्न नेतृत्व परिवर्तन आवस्यक रहेको बताएका छन् । नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

पार्टीको नेतृत्वको लापरबाहीका कारण नेपाली कांग्रेस ईतिहासकै कमजोर मोडमा आएको भन्दै सिंहले नेतृत्व परिवर्तनको आवस्यकता औंल्याएका हुन् । नेता सिंहले पार्टीको नतृत्व र अवस्था सुधार गर्न कार्यकर्ताहरु आफैनै लाग्नुपर्ने जिकिर समेत गरेका छन् ।

साथै पार्टीलाई वडा देखी केन्द्रसम्म बलियो बनाउन र लोकतन्त्र जोगाउनका खातिर आगामी निर्वाचनमा आफु पार्टी समापतिको उम्मेदवार बन्न ईच्छुक रहेको समेत बताएका छन् । साथै जनताको नजरमा गिरिसकेका नेतालाई जनताले कहिलैपनि विश्वास नगर्ने उनको भनाई छ । पार्टीमा नेतृत्वले अलोकतान्त्रीक गतिविधि गरे त्यस्काबिरुद्ध आवाज उठाउनु पर्नेमा पनि उनको जोड छ ।