समाचार

तत्काल स्वावियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग

१४ कार्तिक, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वावियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ ।

आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थि युनिएनको चुनाव गर्नेगरि कार्यतालिका ल्याउन त्रिभुवन विश्वबिद्यालयलाई आग्रह गरेको छ । अनेरास्वावियुकी अध्यक्ष सुनिता बराल लगाएतकको टोलिले उपकुलपति डा धर्म कान्त वाँस्कोटालाई भेटगरि स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्वावियु निर्वाचन तालिका माग गरिएको अनेरास्वावियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिएकी छिन् ।

त्यस्तै अखिलले चिकित्सा शास्त्र अध्ययन सस्थान महराजगंजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी लिने गरी गरेको निर्णय फिर्ता गर्न पनि माग गरेको छ । साथै त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सचलन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।