स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ५ सय १८ निको,४ सय ८ थपिए, थप ८ को मृत्यु

१४ कार्तिक, काठमाडौं । नेपालमा कोरोना संक्रमीतको दर घट्दै गएको छ । पछिल्लो समय संक्रमीत भन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ सय वढी संक्रमीत निको हुँदा ४ सय वढी थपिएका छन् ।

आज पछिल्लो २४ घण्टामा देशभर ४०८ जना कोभिड संक्रमित थपिएका छन् । ७ हजार ८९९ वटा नमूनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेकोे छ ।

त्यस्तै आज ५१८ जना संक्रमणमुक्त भएका छन्, योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।