अन्तर्राष्ट्रिय

फ्रान्स र बेलायतका नेताहरू मत्स्य विवादको शीघ्र निरूपण गर्न सहमतः पेरिस

रोम, कार्तिक १४ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतवार ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवाद समाधान गर्न व्यावहारिक र परिचालन उपायहरू मा काम गर्न सहमत भएका छन् ।

म्याक्रोनको कार्यालयले जनाएअनुसार दुई नेताहरूले रोममा भएको जी २० शिखर सम्मेलनको मार्जिनमा लगभग २५ मिनेट भेटवार्ता गरेका थिए ।

सो अवसरमा दुई नेताहरू जति सक्दो चाँडो ठोस कामका साथ उक्त विवादको शीघ्र निरूपण गर्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ।