१५ कार्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले अदालतमा अहिले भईरहेको विवादका सम्बन्धमा राजनीतिक दलहरु मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।
सर्बाेच्च अदालतमा अहिले आगो लाग्दा चुपलागेर बसेका नेताहरुले यसको मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । अहिले न्यायालयमा भईरहेको विवादमा राजनीतिक दलले हस्तक्षप नगर्ने भन्दै आईरहेका बेला खरेलले यस्तो चेतावनी दिएका हुन् ।
साथै उनले आफुहरुको आन्दोलन कुनै व्यक्ति संस्थाको बिरुद्धमा नभई न्यायपालिको विकृति\विसंगति समाप्त पार्नका लागी भएको समेत उनले दाबी गरेका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाईमा सर्बाेच्चका कानुन व्यवसायी दुई दिनदेखी आन्दोलनमा रहेका छन् ।





