अन्तर्राष्ट्रिय

अमेरिकी र टर्कीस् राष्ट्रपतिबीच भेटवार्ता

१५ कात्तिक सिन्ह्वा । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच भेटवार्ता भएको छ । उनिहरुबीच दुई देशका बीचको आपसी सम्बन्धका साथै अन्य विभिन्न विषयहरुमा छलफल भएको बताइएको छ ।

टर्कीका राष्ट्रपति एर्दोगानको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार उनिहरुले आपसी व्यापार विस्तारका साथै अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा सहकार्य गरी अघि बढ्ने बारेमा छलफल भएको थियो ।

इटालीको रोममा जारी रहेको जि २० को नेताहरुको सम्मेलनका क्रममा उनिहरुबीचमा आइतबार सो भेटवार्ता भएको समाचारमा जनाइएको छ । उनिहरुले कोभिड १९ को समस्याका साथै अन्य आन्तरिक तथा बाह्य समस्या र विषयवस्तुहरुमा आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको थियो ।

उनिहरुका बीचमा द्धिपक्षीय व्यापारमा अभिबृद्धि गर्ने, नेटो सैन्य गठबन्धनमा मिलेर अघि बढ्ने तथा जलवायु परिवर्तनका विषयमा पनि आपसमा मिलेर के कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी भएको थियो ।

इटालीको रोममा भएको जि २० को नेताहरुको सम्मेलनका क्रममा विश्वका अन्य नेताहरुका बीचमा यस्तो भेटवार्ता भएको समाचारमा जनाइएको छ । उनिहरुले विशेषगरी कोभिड १९ का कारण उत्पन्न परिस्थितिका बारेमा पनि आवश्यक छलफल गरी सामुहिक रुपमा समाधानका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा आवश्यक छलफल भएको थियो ।