स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ५ सय वढी निको हुँदा ४ सय वढी थप, थप ११ जनाको मृत्यु

१६ कार्तिक, काठमाडौं । नेपालमा आज कोरोना संक्रमीत भन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय वढी संक्रमीत थपिदा ५ सय वढी संक्रमीत निको भएका छन् ।

आज २४ घण्टामा थप ४ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ सय ६९ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १० हजार २८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

७ हजार ११५ जनाको पिसिआर परीक्षण र ३१७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ९ हजार १७४ जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ ।

५ सय ५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.५ प्रतिशत छ । त्यस्तै काठमाडौं उपत्यकामा १ सय ४० थपिएका छन् । जसमध्ये काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित छन् ।