१६ कार्तिक अफगानिस्ताने, । काबुलमा आज भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा नौ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
इटालियन मानवीय संगठनको ट्वीट अनुसार अफगानिस्तानको राजधानीको एक अस्पतालमा भएको उक्त आक्रमण इस्लामिक स्टेटले गराएको कुरा स्पुतनिकले बख्तर समाचार एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो भने अन्य थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए । घटनाको थप विवरण आउँन बाँकी छ ।





