स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ४४७ संक्रमीत थप, ४३९ निको , ७ जनाको मृत्यु

१७ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४७ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ९१३ ओटा नमुनाको परीक्षण गर्दा ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।

त्यस्तै आज ४३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार १२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।