स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ५ सय १८ निको, ३ सय ५६ संक्रमीत, थप २ को मृत्यु

१८ कार्तिक, काठमाडौं । नेपालमा आज थप ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३८४ परीक्षण गर्दा ३५६ जना संक्रमित थपिएका हुन् ।

आज ३ हजार २५९ जनाको पिसिआर परीक्षण र ३१२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ८ हजार ८९० जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ ।

५१८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.५ प्रतिशत छ । त्यस्तै, काठमाडौं उपत्यकामा १३७ थपिएका छन्। जसमध्ये काठमाडौंमा ८४, ललितपुरमा ३४ र भक्तपुरमा १९ संक्रमित छन् ।