स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः झण्डै ४ सय निको,१ सय ३९ थप, थप १ जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३९६ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या सात लाख ९४ हजार ८३४ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १३९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार १३४ जनाको परीक्षण गर्दा १२८ र एक हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरेर तीन सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख १४ हजार ४१७ पुगेको छ भने एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या ९४ हजार ८१५ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार ४३९ पुगेको छ ।