अन्तर्राष्ट्रिय

सवारी दुर्घटनाका कारण मेक्सिकोमा २० को मृत्यु

२१ कात्तिक एएनआई । मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार दिउसो दुर्घटना भएको अधिकारीहरुले जानकरी दिएका छन् ।

बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको हो । देशको राजधानी मेक्सिको सिटी र पुएब्ला सहरको सीमा क्षेत्रमा सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।