अन्तर्राष्ट्रिय

लिबियाका विदेश मन्त्री निलम्बित

२१ कात्तिक सिन्ह्वा । लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ । उनको भूमिकाप्रति असन्तुष्टि जनाउदै राष्ट्रपतिले उनलाई निलम्बन गरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

अनिश्चितकालका लागि सरकारले उनलाई विदेश भ्रमणमा पनि प्रतिवन्ध लगाएको छ । सरकारको निर्णयप्रति भने उनले असहमति जनाएका छन् । “विदेश मन्त्री नाज्ला माङगौशलाई अस्थायी रुपमा निलम्बन गरिएको छ, उनिमाथी अनुसन्धान भइरहेको छ, अनुसन्धान सकिएपछि मात्रै निलम्बन फुकुवा गर्ने वा नगर्ने बारेमा निर्णय हुन्छ,”
सरकारद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

सरकारले बनाएको अनुसन्धान टोलीलाई १४ दिन भित्रका प्रतिवेदन बुझाउन आदेश दिइएको छ । उनले विदेश मन्त्रीको रुपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ । उनलाई लिबियाको अन्तरिम सरकारको विदेश मन्त्रीका रुपमा गत फेब्रुअरीमा नियुक्त गरिएको थियो ।