स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ९ जनाको मृत्यु, १ सय ४३ संक्रमीत थप, ५ सय ६३ निको

२१ कार्तिक, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा देशभर १४३ जना कोभिड संक्रमित थपिएका छन् । दुईहजार ३३३ ओटा नमुनाको परीक्षण गर्दा १४३ जनामा संक्रमण भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

त्यस्तै, आज ५६३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या सातहजार ७१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।